निको हुने भन्दा संक्रमित झण्डै एक हजार बढी, निधन हुनेको संख्यामा भने उल्लेख्य कमी

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसबाट निको हुने भन्दा संक्रमितको संख्या एक हजारभन्दा बढी रहेको छ । तर, निधन हुनेको संख्यामा भने उल्लेख्य कमी आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६५ जना निको हुँदा २६३४ जना संक्रमित भएका छन् । १२५८५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९२६३ रहेको छ ।
नेपालमा निको हुने दर बढेर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हासम्म निको हुनेको संख्इा ६ लाख १२ हजार ९ सय ९४ जना छ ।







प्रतिक्रिया राख्नुहोस्