जसपामा आधिकारिक विवाद टुंगिएन

काठमाडौं– जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टी आधिकारिताका बारेमा आ–आफ्नै दावी पेस गरेका छन् ।

निर्वाचन आयोगले बोलाएको छलफलमा आयोगले पार्टीका दुवै पक्षसँग एक हुन सक्ने वा नसक्ने बारे जानकारी लिएको थियो । तर दुवै पक्षले अहिलेको अवस्थामा आफुहरु मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न आग्रह गरेका थिए । छलफलपछि महन्थ ठाकुर पक्षका नेता अनिल झाले अर्का अध्यक्ष उपेन्द्र यादवले आफूहरू मिलेर जान नसक्ने बताएको जानकारी दिनुभयो । त्यस्तै अध्यक्ष उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले एकताको सम्भावना तत्काल नरहेको बताउनुभयो ।

जसपाको विवाद नमिलेपछि आयोगले वैधानिकताबारे निर्णय गर्न इजलास गठन गर्ने जनाएको छ । इजलासले अदालतले झैं कानूनी प्रमाणका आधारमा निर्णय दिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.