पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा-अविरल वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

गएराति सिद्धार्थ राजमार्ग अन्तरगत बर्तुङ्ग-राम्दी सडकखण्डको दुई स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार उक्त राजमार्गको रम्भा गाउँपालिका-३ अगाहाँखोला तथा बगनासकाली गाउँपालिका-४ शेरामा पहिरोले सडक अवरुद्ध भएको छ ।

गएरातिदेखि नै सडक अवरुद्ध भए पनि पानी पर्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउने कार्य सुरु नभएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन पाल्पाको स्काभेटर पहिरो गएको स्थलमा जादै गरेको भएपनि दुईवटा पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द हुँदा माहबहाक सवारीसँगै अत्यावश्यक सेवाका सवारीसमेत सडकमा अलपत्र परेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.