नेपालमा कोरोना घटेन, २४ घण्टामा मृत्यु भने घट्यो

 

काठमाडौं– नेपालमा कोरोना संक्रमण संख्या स्थिर छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २३९८ जना संक्रमित भएका छन् । सोही अवधिमा २०७८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाको मृत्यु संख्यामा भने कमी आएको छ । गएको २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाले हालसम्म ९४१२ जनाको मृत्यु भएको छ ।

नेपालमा निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.