प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उहाँलाई धन्यवाद दिनुभयो ।

कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हाल्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.