जीवन धान्ने जोहो : बालुवा निकाल्न मजदुरहरुको खोला किनारामा भिड

काठमाडौँ- कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकाले गरेको बन्दाबन्दी खुकुलो र मौसम पनि अनुकुल भएसँगै त्रिशुली नदी किनारामा बालुवा निकाल्ने मजदुरहरुको भिड लाग्न सुरु भएको छ ।

निर्माण सामग्री ढुङ्गा, गिट्टी र बालुवा ढुवानीमा सवारीका साधनहरु राजधानी प्रवशे गर्न पाउने र निर्माणका कामहरु पनि  धेरै हुने भएकोले मजदुरहरु पुन: पेशामा फर्कन थालेपछि नदी किनारमा भिड बढेको हो ।

यसो त झण्डै दुई महिना भन्दा लामो बन्दाबन्दीका कारण काम नै नपाएर बसेका बालुवा मजदुरहरु अहिले नदी किनारमा बालुवा निकाल्ने काममा निकै ब्यस्त देखिन्छन ।

दुई महिनासम्म अन्य काम गरेर दैनिकी चलाउँदै आएका धादिङका मजदुरहरु अहिले आफ्नै पुरानो काममा फर्केका हुन ।

अब निर्माण सामग्री ढुवानीका साधनहरु पनी निर्वाद राजधानी प्रवेश गर्न थाले पछी बालुवा विक्रि हुने र आम्दानी पनी राम्रो हुने उहाँहरुको भनाइ छ ।

जोखिम मोलेर त्रिशुली नदीबाट हरेक वर्ष बालुवा निकाल्ने पोशामा संलग्न मजदुरहरु कोरोना महामारीका कारण पटक पटकको बन्दा बन्दिले दुई वर्ष यता केही काम नभएको बताउँछन ।

आम्दानी राम्रो हुने दैनिक विक्रि हुने बालुवाको मुल्यमा भने केही परिवर्तन नआएको उनीहरुको दुःखेसो छ ।

उपभोक्ताहरुले निकै महङ्गो मुल्यमा किन्नु पर्ने बालुवा , नदीबाट निकाल्ने मजदुरहरुले भने प्रति ट्रिपरको मुस्किलले ६ हजारदेखि ६ हजार ५ सयसम्म पाउने गरेका छन।

अहिले मौसम राम्रो भएको र नदीमा पानीको बहाव घटेका कारण त्रिशुली नदीमा करिव सात सयको हाराहारीमा बालुवा मजदुरहरुले बालुवा निकाल्ने काम गर्दे आएका छन।

बिशेषगरी, बेल्खु, गलौदी र बैरेनी क्षेत्रमा पर्ने त्रिशुली नदी किनारमा मजदुरहरुले बालुवा निकाल्ने गर्छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.