उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठक आज ४ बजे बस्ने

काठमाडौँ- उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ ।

बैठक अपरान्ह ४ बजे बस्ने र जारी लकडाउन लगायतका बारेमा छलफल हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले छलफल लकडाउकै बारेमा हुने भएपनि लामो दुरीका यातायात संचालनका बारेमा मन्त्रीपरिषदले नै निर्णय गर्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताउनुभयो  । बैठकले यस विषयमा आवश्यक निर्णय लिने उहाँले बताउनुभयो । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्थाबारे पनि समिक्षा हुनेछ ।

यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२  बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.