गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 गुल्मी- गुल्मीमा जीपको ठक्करबाट मोटमोटरसाइकल चालकको मृत्यु भएको छ ।

जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका वडानम्बर १४ निवासी ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप धुर्कोटबाट तम्घास जाँदै गर्दा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर- ४ अर्खलेमा भे १ च १९४३ नम्बरको जीपले छल्दितर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जीपको ठक्करबाट घाइते पाण्डेको उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ठक्कर दिने जीप सडक नजिकै पल्टिएको छ । जीपमा सवार चालक सहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.