नेपालमा कोरोना संक्रमण दर झन् बढ्दै, मृत्यु फेरि उकालोतिर

काठमाडौं– निषेधाज्ञा खुकुलो बनाउँदै गएपछि नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना अपडेटमा संक्रमित दर भने घटेको छैन, बरु झन् बढेको छ । गएको २४ घण्टामा १२७६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २६७६ जना संक्रमित भएका छन् ।

संक्रमितभन्दा निको हुने दर घटी छ । गत २४ घण्टामा १७५७ जना संक्रमणमुक्त भएका छन् ।

मृत्यु दर फेरि बढेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.