अर्थतन्त्र लयमा फर्काउने प्रयास गर्छुः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्र लयमा फर्काउन प्रयास गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग बिहीबार सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री देउवाले सरकारले कोरोनाले थलिएको अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास गर्ने बताउनुभएको छ ।

भेटमा कोरोनाले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव र सुधारका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीलाई भेट्ने महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोली सिंहदरवार पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.