एमालेले सरकारलाई विश्वासको मत नदिने

नेकपा (एमाले) ले वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार स्थायी समितिको बैठकले पार्टी एकता सम्बन्धमा गठित कार्यदलले तयार गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकलाई स्थगित गरी थप छलफल गर्न माग राखेपनि कुनै सुनुवाइ नभएको माधवकुमार नेपाल पक्षीय नेता भीम रावलले बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमाले अब सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.