मापदण्ड विपरितका ढुंगा खानीले स्थानीयलाई सास्ती

काभ्रे- जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका छन् ।

हालै पनौती–२, घैयाबारीमा रहेको कोहिनुर रोडा ढुंगा उद्योग प्रालिले उत्खनन् गर्दा खसेको पहिरोले बाटो अवरुद्ध भएको हुँदा स्थानीय रातभर बाटोमा नै अलपत्र परेका थिए भने दूध विक्री गर्न नपाएर खोलामा बगाउन बाध्य भएका थिए ।

स्थानीयहरुले ढुंगाखानीका कारण पटक पटक सास्ती खेपेको बताए ।

पहिरो खसेका कारण आवतजावत अवरोध भएको छ भने कृषकले दुध, तरकारी विक्री हुन सकेको छैन । पहिरो पन्छाएर खोलामा हालिएकाले खोला साघुरिएकोले सडक र बस्तीमा क्षति गर्ने भन्दै तल्लो तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

पनौती २ र १२ को सिमानामा सञ्चालित ८ ढुंगाखानी तथा क्रसर उद्योगले थुपारेको डस्ट (धुलो) का कारण खोला समेत साघुरिएको कारण पहिरो खसे रोशी खोला थुनिने अवस्था छ ।

खानी र क्रसर उद्योगभन्दा ५ सय मिटर माथि जमिन करिब २ मिटर भासिएको छ । खोला थुनिएको खण्डमा रोशी खोला किनारका वस्ती, वडा नं ८, ७ देखि त्रिवेणीघाट तलको बस्ती, खेतमा पनि ठूलो असर गर्न सक्ने भन्दै स्थानीय चिन्तित छन् ।

खानी तथा क्रसर सञ्चालकहरु भने एकैपटक पहिरो नखस्ने दाबी गर्दै खसिहाले ६ वटा मेसिन तयारी अवस्थामा राखिएको तर्क गर्दै आएका छन् । पहिरोको जोखिममा रहेका जग्गा, घर खानी सञ्चालकले आफ्नो मूल्यमा खरिद गर्ने गरेका छन् । नीजी जग्गा खरिद गरेपनि गोरेटो, घट्ट, मन्दिर जस्ता सार्वजनिक सम्पतिमा पनि क्षति हुदै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.