मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयलाई सास्ती

काभ्रे- जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका छन् ।

हालै पनौती-२, घैयाबारीमा रहेको रोडा ढुंगा उद्योगले उत्खनन् गर्दा खसेको पहिरोले बाटो अवरुद्ध भएको हुँदा स्थानीय रातभर बाटोमा नै अलपत्र परेका थिए भने दूध विक्री गर्न नपाएर खोलामा बगाउन बाध्य भएका थिए ।

पहिरो खसेका कारण आवतजावत अवरोध भएको छ भने कृषकले दुध, तरकारी विक्री हुन सकेको छैन । पहिरो पन्छाएर खोलामा हालिएकाले खोला साघुरिएकोले सडक र बस्तीमा क्षति गर्ने भन्दै तल्लो तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

पनौती २ र १२ को सिमानामा सञ्चालित ८ ढुंगाखानी तथा क्रसर उद्योगले थुपारेको धुलोका कारण खोला समेत साँघुरिएको कारण पहिरो खसे रोशी खोला थुनिने अवस्था छ ।

खानी र क्रसर उद्योगभन्दा ५ सय मिटर माथि जमिन करिब २ मिटर भासिएको छ । खोला थुनिएको खण्डमा रोशी खोला किनारका वस्ती, वडा नं ८, ७ देखि त्रिवेणीघाट तलको बस्ती, खेतमा पनि ठूलो असर गर्न सक्ने भन्दै स्थानीय चिन्तित छन् ।

खानी तथा क्रसर सञ्चालकहरु भने एकैपटक पहिरो नखस्ने दाबी गर्दै खसिहाले ६ वटा मेसिन तयारी अवस्थामा राखिएको तर्क गर्दै आएका छन् ।

पहिरोको जोखिममा रहेका जग्गा, घर खानी सञ्चालकले आफ्नो मूल्यमा खरिद गर्ने गरेका छन् । नीजी जग्गा खरिद गरेपनि गोरेटो, घट्ट, मन्दिर जस्ता सार्वजनिक सम्पतिमा पनि क्षति हुदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.