२४ घण्टामा ३१०८ संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३१३५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३१०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १५९५ जना निको भएका छन् । नेपालमा निको भएको दर ९४.६ प्रतिशत निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ९६०७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.