विगत एक हप्तामा कोरोना संक्रमणको दर झन् बढ्योः स्वास्थ्य मन्त्रालय

काठमाडौं– विगत एक हप्तामा कोरोना संक्रमणको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरेको छ ।

अघिल्लो हप्ताको तुलनामा धेरै जिल्लाहरुमा संक्रमितको संख्या थपिएका छन् । ५ सय भन्दा बढी संक्रमितको संख्या बढी भएका जिल्ला १० वटा छन् भने २ सय भन्दा बढी संक्रमित संख्या भएका जिल्ला २६ वटा रहेका छन् ।

संक्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन शैया लगायतका पूर्वाधार तथा सेवाहरु चुस्त(दुरुस्त राख्न स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

यसैबीच पछिल्लो २५ घण्टामा नेपालमा २ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५ सय ३६ जना संक्रमित थपिएका छन् । हाल आईसीयुमा ६ सय ३५ जना र भेन्टिलेटरमा १ सय ७२ जना उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.