टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारको कीर्तिमान

टोकियो- सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० मा महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

कल्पनाले आज बिहान सम्पन्न छनोट चरणको खेलमा ६ सय १६.८ स्कोर बनाउँदै यसअघिको उनको १३औँ दक्षिण एसियाली खेलकुदको आफ्नो ६ सय १४.५ स्कोरलाइ पछि पार्दै राष्ट्रिय किर्तिमान बनाएकी हुन् । सो प्रतियोगितामा ५० जना खेलाडीहरुको सहभागीता रहेको थियो । जसमध्येबाट ८ शिर्ष खेलाडीहरुले अन्तिम चरणमा प्रवेश पाएका छन् ।

छनोटमा नर्वेकी हेग दुष्तादले ६ सय ३२.९ स्कोर सहित शिर्ष स्थान हासिल गरेकी छिन । महिला १० मिटर एयर राइफल प्रतिस्पर्धा टोकियो ओलम्पिकको पहिलो स्वर्णपदक छिनोफानो हुने खेल समेत रहेको छ ।

नेपाली ५ खेलाडी सहभागी खेलहरुमा नेपालको यो पहिलो खेल हो । यसैगरी आजको अर्को खेल जुडो तर्फ भने नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन् । अहिले बिहान नेपाली समय ७.४५ बजे सोनियाले ४८ केजी तौल समूहमा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन् ।

इरिना विश्व बरियतामा ९ औँ स्थानमा रहेकी खेलाडी हुन् । रसियालाइ डोपिङका कारण ‌ओलम्पिकमा प्रतिबन्ध लगाइएको भएर इरिनाले रसियन ओलम्पिक कमिटि मुनी बसेर ओलम्पिक खेल्दैछिन् । वाइल्ड कार्डमार्फत ओलम्पकिमा सहभागी भएकी सोनियाले १३ औँ सागमा कास्य पदक जीतेकी थिइन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.