अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

काठमाडौं– राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

आज समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले सन्यास लिएको घोषणा गरेका हुन् । पारषले खेल जीवनमा साथ सहयोग र हौसला प्रदान गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन् । उनले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै लामो समय सफल कप्तानी समेत सम्हालेका थिए । नेपालका लागि राष्ट्रिय र अन्तराष्ट्रिय गरि १७ वर्ष क्रिकेटमा समर्पित खड्का एक सफल अलराउन्डरका रुपमा पनि चिनिन्छन् ।

यू(१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारषले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.