अष्ट्रेलियाको दोस्रो हार

बंगलादेश भ्रमणमा रहेको अष्ट्रेलियाको दोस्रो हार व्यहोरेको छ ।
बंगलादेशले दोस्रो टी-ट्वान्टी खेलमा अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै पाँच टी-ट्वान्टी आइ श्रृंखलामा २-० को अग्रता लिएको छ । सेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर पहिलो ब्याटिङ रोजेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२१ रन बनाएको थियो । १२२ रनको सामान्य लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको घरेलु टोली बंगलादेशले १८ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा १२३ रन बनाउँदै दोस्रो जीत निकालेको हो ।
अष्ट्रेलियाका मिचेल मार्सले आफ्नो लयलाई निरन्तरता दिंदै ४२ बलमा ४५ रनको योगदान दिएपनि अरु ब्याट्सम्यान चल्न नसक्दा अष्ट्रेलिया सस्तैमा समेटिएको थियो । बंगलादेशका युवा ब्याट्सम्यान अफिप हुसैन ३१ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ३७ रनमा अविजित रहे ।
छैटौं विकेटका लागि विकेट किपर नुरुल हसनले अविजित साझेदारी दिंदै बंगलादेशलाई जित दिलाएका थिए । यस अघिको पहिलो खेलमा बंगलादेशले २३ रनले अष्ट्रेलियालाई पराजित गरेको थियो । तेस्रो टी-ट्वान्टी खेल भोलि साँझ पौने छ बजेबाट खेलिंदैछ ।।






प्रतिक्रिया राख्नुहोस्