मेस्सीले बार्सिलोना छोड्न लागेका हुन् ?

बार्सिलोना– विश्व फुटबलको एउटा प्रखर हस्ती बनिरहेका अर्जेटिनी फुटबलर लियोनल मेस्सीले बार्सिलोना छोड्न लागेको समाचार अहिले विश्वभरका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको छ ।

दुई दशक भन्दा बढी समय स्पेनिस क्लव बार्सिलोनामा बिताएका मेस्सीले अब कुन क्लव छान्लान र कुन क्लवले उनलाई अनुaन्ध गर्ला यो विषयले पनि उत्तिकै चर्चा पाइरहेको छ । बार्सिलोनाका लागि विभिन्न उपाधि जिताएका मेस्सीको क्लवबाट बहिर्गमनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन अहिलेसम्मकै सबैभन्दा लामो मध्येको एक भएको बीबीसीले उल्लेख गरेको छ ।

स्पेनिस ला लिगाको नयाँ आर्थिक नियम अनुसार मेस्सीको पारिश्रमिक आधा कटौति हुने भएपछि उनले क्लव छोड्न लागेका हुन् । क्लवका अध्यक्षले पनि चाहना हुँदा हुँदै पनि सम्झौता गर्न नमिलेको भन्दै दुःख व्यक्त गरेका छन् ।

सन् २००० मा बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भएका मेसीले २००३ मा सिनियर टिममा आवद्ध भएयता क्लवबाट ७७८ खेल खेल्दै ६७२ गोल गरेका थिए । उनी फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने सDभावना बलियो रहेको धेरैले आँकलन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.