चण्डेश्वरीदेखि गोसाईस्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरु

काभ्रे- काभ्रेको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ ।

बनेपा नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नं. ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं. ६ को गोसाईस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब पाँच करोड आर्थिक सहयोगमा सिंढी निर्माणको काम शुरु भएको हो ।

सिंढी निर्माणका लागि बनेपा नगरपालिकाले आर्थिक बर्ष २०७७-०७८ मा विनियोजन गरेको एक करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिंढी निर्माणको काम भईरहेको वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको गौरवको आयोजना अन्तर्गत विभिन्न आयोजनामध्येको सो सिंढी गत बर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक बातावरणीय प्रभाव मूल्याङ्कन गरी यस बर्ष ठेक्का आह्वान भएर काम अगाडी बढेको हो ।

वडा नं. ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरु भएर वडा नं. ६ को गोसाईस्थान मन्दिरसम्म पुग्ने सिंढी एक हजार ६ सय वटा निर्माण हुने उहाँले बताउनुभयो । ८ मिटरको चडाईमा निर्माण कार्य थालनी भएको सिंढीको लागि शहरी विकास मन्त्रालयबाट समेत तीन करोड ५० लाख बजेट विनियोजन भईसकेको कारण बाँकी काम पनि छिटै हुने उहाँले बताउनुभयो ।

यसअघि चण्डेश्वरीबाट गोसाईस्थान मन्दिर जानको लागि बनेपा बुडोल भएर घुमेर जानुपर्ने अवस्था रहेकोमा सिंढी निर्माण भएपछि छोटो बाटोमा सिधैं जान पाउने भएको छ । सिंढीसंगै सो क्षेत्रमा पार्किङ, बगैंचा लगायतका काम हुनेछ ।

बनेपाको नै महत्वपूर्ण जंगलको रुपमा रहेको चण्डेश्वरी जंगल भएर निर्माण हुने सिंढीले वडा नं. ६ मा रहेको शहीद पार्कलाई समेत छोएर गोसाईस्थानसम्म जोडिनेछ । विशेष गरी बजार क्षेत्रका मानिसहरु विहानी हिडाईसंगै धार्मिक हिसाबले मन्दिरमा दर्शन गर्न आउनेहरुलाई समेत सो सिंढी निर्माण भएपछि थप पर्यटकीय क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.