बागमती प्रदेशको प्रदेशसभा बैठक आज

काठमाडौँ- बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताउनुभयो ।

यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.