प्रदेश नं २ का प्रदेश प्रमुखमा मिश्र नयुक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.