माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पाँचौ युनिटबाट विद्युत उत्पादन सुरु

दोलखा- माथिल्लो तामाकोशी जलवद्युत आयोजनाको ५ वटा युनिटबाट विद्युत उत्पादन सुरु भएको छ ।

दोलखाको विगु गाउपालिका वडा नम्बर १ स्थित गोगरमा रहेको आयोजनाको ५ युनिटबाट विद्युत उत्पादन सुरु भएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो ।

स्वदेशी लगानीमा निर्माणधीन आयोजनाको ५ वटै युनिटबाट विद्युत उत्पादन सुरु भएसँगै ३ सय ८० मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । प्रति युनिट ७६-७६ गरी ५ वटा युनिटबाट ३ सय ८० मेगावट विद्युत उत्पादन भएको हो ।

भदौ महिनासम्म सबै युनिटबाट पुर्ण क्षमतामा बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य अनुसार सबै युनिटबाट विद्युत उत्पादन गरी ४ सय ५६ मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.