‘तालिबान आतंक रोकिएन’

नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर घरमा गएर तलासी

काबुल– केही दिन अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान लडाकुहरुले नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र बनाएका छन् ।

तालिवान लडाकुहरु लक्षित समूहको खोजी गर्दै घर घरमा तलासी गर्ने गरेको र उनीहरुका परिवारलाई धम्की दिने जस्ता कार्य गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले सचेत गराएको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनमा सो पछिल्लो घटना क्रमको अध्ययनपछि सो कुरा उल्लेख गरिएको हो । कट्टरपन्धी इस्लामिक समूह तालिवानले यस पटक आफूहरु पहिलेभन्दा परिवर्तन भएको आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।

उनीहरुले कसैलाई पनि बदला नलिने भनेर यस अघि नै घोषणा गरिसकेका छन् । तर सन् १९९० मा तालिवानको बर्बरता सहेका अफगानीहरुलाई उनीहरु सुध्रिएकोमा अझै पनि आशंका छ । तालिवानहरुको कालोसूचीमा परेकाहरु गभ्भीर खतरामा रहेको र उनीहरु गिरफ्तारीमा पर्ने, मुद्दा चलाउने मात्र नभई सामूहिक हत्या हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.