पासाङ ल्यामु सडक सुचारु

रसुवा– दुई दिनदेखि अवरुद्ध पासाङ ल्यामु सडक खण्ड अन्तर्गत धुन्चे–स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको ठूलोभार्खुमा गएको पहिरो पन्छाएपछि रसुवागढी जोड्ने सडक आज दिउँसो बाट एकतर्फीरुपमा सुचारु भएको छ ।

दुई दिन अघि बाट धुन्चे–स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको ठूलोभार्खुमा गएको पहिरो पन्छाए पछि रसुवागढी जोडने सडक आज दिउँसो बाट सुचारु भएकोे हो ।

सडक सुचारु गर्नका लागि आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुन्चेमा राखिएको लोडर तथा दुई वटा ठुला उपकरण प्रयोग गरि सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख नारायणदक्त भण्डारीले बताउनुभयो ।

आजबाट सडक सञ्चालनमा आएसँगै रसुवा भंन्सारमा रोकिएर रहेका कन्टेनर तथा अन्य साना तथा ठूला सवारी आज बाट आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् । वर्षाको समयमा पहिरोका कारण यस सडक खण्डमा दैनिक जसो पहिरो आई सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.