गठबन्धन सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा सहभागी हुने बताउनुभएको छ ।

नयाँ पार्टी गठनको औपचारिक घोषणापछि पहिलोपटक भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको हो । ‘पाँच दलीय गठबन्धनमा हामी पनि थियौं,’ उहाँले भन्नुभयो, ‘सरकारमा जान्छौं ।’

अध्यक्ष नेपालले आफू नेतृत्वको दललाई मुलुकको नेतृत्वदायी पार्टी बनाउने दाबी गर्नुभयो ।

नेकपा एमालेको सम्पत्तिबारे पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष नेपालले कानूनअनुसार अगाडि बढ्ने बताउनुभयो । ‘कानूनले के भन्छ त्यही गर्ने हो,’ उहाँले भन्नुभयो, ‘नयाँ सिर्जना पनि गर्न सक्छौं । मेरो काम निर्माण गर्ने काम गर्ने हो, अरुको काम ध्वंश गर्ने हो ।’

नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताउँदै अहिले छुटेका नेताहरु पनि कुनै समयमा जोडिने जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.