२४३३ संक्रमित थपिए
२४ घण्टामा १९२९ संक्रमणमुक्त, २६ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा २४३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशभर १४ हजार ३ सय ७४ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २४३३ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १९२९ संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्