प्रदेश १ का १० सांसद एकीकृत समाजवादीमा

सरकार बनेको एक सातामै मुख्यमन्त्री अल्पमतमा

काठमाडौं– प्रदेश १ मा एमालेबाट निर्वाचित १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले नयाँ दलको पक्षमा सनाखत गरेका छन् । आयोगका अनुसार भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङबाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

एमालेबाट विभाजन भएको दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएको थियो ।

एमालेका १० सांसदले एकीकृत समाजवादी दल रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार एक सातामै अल्पमतमा परेको छ ।

कर्णालीमा तीन एमाले सांसद नेकपा एकीकृत समाजवादीमा

कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । रुकुमपश्चिमकी देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेको सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.