मोतिराम भट्टको स्मरण गरिँदै

काठमाडौँ- नेपाली साहित्यका विलक्षण प्रतिभा मोतिराम भट्टको जन्मजयन्तिका अवसरमा उहाँको सहित्यिक योगदानको स्मरण गरिदै छ ।

विक्रम सम्बत १९२३ भदौं कुशेऔशिका दिन जन्मिनु भएका भट्टले नेपाली साहित्यमा श्रृंगारिक धारको शुरुवात गर्नु भएको थियो ।

थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्‍याउने भट्टलाई नेपाली साहित्यका एक प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभाका रुपमा स्मरण गरिन्छ ।

३१ बर्षको आफ्नो छोटो जीवनकालमा २५ वटा कृति रचना गरेर नेपालको साहित्यमा ठूलो योगदान गर्नु भएका भट्टको विक्रम सम्बत १९५३ भदौ कुशेऔशीकै दिन निधन भएको थियो ।

उहाँका गजेन्द्रमोक्ष, प्रल्हादभक्ति र शकुन्तला जस्ता कृतिहरु अहिले पनि प्रख्यात छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.