संखुवासभा हत्या प्रकरण- तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा अनुसन्धान शुरु

सङ्खुवासभा- संखुवासभाको मादीमा भएको सामुहिक हत्यामा संलग्नको खोजी कार्य तिव्र बनाइएको छ । यसका लागि तालिमप्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

हिजो सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको थियो ।  अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।

५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पाइएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो।   यसैबीच प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरहरु झिकाइएको र कुकुरहरुलाई घटनास्थलमा लगिएपछि मंगलबार मात्रै शवहरु उठाइने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोलीले पनि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.