१६७७ नयाँ संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ भने २०७२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.