संसद अधिवेशन तयारीः प्रधानमन्त्रीद्वारा सदनमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरुलाई निर्देशन

काठमाडौं– संघीय संसदका दुवै सदनको अधिवेशन भोलि अपरान्ह सुरु हुँदैछ ।

अधिवेशनको तयारी स्वरुप नेपाली कांग्रेस संसदीय दलको बैठक आज संसद भवन नयाँ बानेश्वरमा बस्यो । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो पार्टीका सबै सांसदलाई सदनको बैठकहरुमा अनिवार्य उपस्थित हुन र सक्रिय सहभागिता जनाउन निर्देशन दिनुभयो ।

बैठकले सरकारका तर्फबाट दार्चुला तुइन प्रकरणबारे संसदलाई अवगत गराउने तथा राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश गर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.