नेपालको महिला राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ- नेपालको महिला राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँगमैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल आज साँझ ५:३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेश विरद्ध बलियो देखिएको छ । पछिल्लोपटक नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको थियो ।

दशरथ रंगशालामा नेपालको महिला सिनियर टोलीले पहिलो पटक खेल्न लागेको हो ।

आजको खेलमा नेपालकी साबित्रा भन्डारी चोटका कारण मैदान बाहिररहनेछिन् । उनको अनुपस्थितिले नेपालसँगको आजको खेलमा बंगलादेशलाइ सहज हुने आकलन गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.