कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि

न्यूयोर्क- अमेरिकामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भेरियन्टको संक्रमण भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको हो । अमेरिकामा धेरैजसो स्थानमा डेल्टा भेरियन्ट फैलिएको छ ।

चिकित्सकहरुले पनि डेल्टा भेरियन्ट र शैक्षिक सत्रको सुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् । अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले २ हजार ३ सय ९६ जना बालबालिका कोरोना भाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ ।

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.