अफगानिस्तामा महिला विद्यार्थीहरुका लागी नयाँ नियमको घोषणा

तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरुलाई लिङ्गको आधारमा विभाजित गरी नयाँ ड्रेस कोड लागू गरिने बताएको छ ।

उच्च शिक्षा मन्त्री अब्दुल बाकी हक्कानीले पुरुषसँगै नराखी छुट्टै महिलाहरुलाई अध्ययन गर्न अनुमति दिइने बताएका छन् । उनले बिद्यार्थीहरुलाई पढाईने विषयहरुको समीक्षा गर्ने घोषणा पनि गरेका छन् । तालिबानले महिलाहरुलाई शिक्षा वा रोजगारीबाट रोक्न नसक्ने पनि उनको भनाइ छ ।

विश्वविद्यालयहरुसँग छुट्टै कक्षाहरु उपलब्ध गराउने स्रोतहरु नहुँदा नयाँ नियमले महिलाहरुलाई शिक्षाबाट वञ्चित गर्नसक्ने कतिपयले आशंका व्यक्त गरेका छन् ।

सन् १९९६ र २००१ को बिच तालिबान शासन अन्तर्गत महिला र बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयहरुमा प्रतिबन्ध लगाइएको थियो ।

१५ अगस्टमा अफगानिस्तामा कब्जा जमाएपछि तालेवानले सार्वजनिक स्वास्थ्य बाहेक अन्य क्षेत्रहरुमा महिलाहरुको सुरक्षा स्थितिमा सुधार नभएसम्म कामबाट टाढा रहन आग्रह गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.