अमेरिकाविरुद्धको एकदिवसीय त्रिकोणात्मक खेलमा नेपालको ऐतिहासिक जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तर्राष्ट्रिय त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको छ ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा गएराती सम्पन्न डे-नाइट खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सुखद सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३० रनको बलियो योगफल बनाएको थियो । अमेरिकाका लागि टप अर्डरका ब्याट्सम्यान मनांक पटेलले सर्वाधिक १ सय रनको पारी खेलेका थिए ।

नेपालका लागि भने स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीले किफायती बलिङ गर्दै २-२ विकेट लिन सफल भएका थिए । २३१ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ८५ रनको पारी खेल्दा रोहित पौडेलले अविजित ६२ रन बनाएका थिए । पाँच विकेटका लागि रोहित र विनोद भण्डारीले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जीत पक्का बनाएका हुन् । नेपालले अब दोस्रो खेल घरेलु टोली ओमानसँग आज खेल्दैछ । खेल नेपाली समय ४.१५ बजेबाट सुरु हुँदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.