आयोजक राष्ट्र ओमानसँग नेपाल ५ विकेटले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा गएराती सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको पाहुना टोली नेपालले ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनको सामान्य योगफल तयार गरेको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ सेखले सर्वाधिक ९० रनको योगदान दिंदा अन्य ब्याट्सम्यानहरु सस्तैमा समेटिएका थिए ।

अमेरिकाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका कुशल भुर्तेल हिजोको खेलमा भने डकआउट भएका थिए । ओमानका लागि तीव्रगतिका बलर बिलाल खानले सर्वाधिक चार विकेट लिएका थिए ।

नेपालका लागि खेलको अन्त्यतिर करण केसी र सन्दिप लामिछानेले केही महत्वपूर्ण रन जोड्दै १९६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पार्न सफल भएका थिए ।

१९७ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको घरेलु टोली ओमानले ३१ दशमलव १ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

ओमानका लागि ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले सर्वाधिक १०७ रनको पारी खेलेका थिए । हिजोको खेलमा नेपालका स्पीनल बदर सन्दिप लामिछाने अस्वस्थ्य भएका कारण बलिङ गर्न सकेनन् ।

सन्दिपबिनाको अन्य नेपाली टोलीले हिजोको खेलमा सम्झनालायक बलिङ गर्न सकेनन् । त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले अब शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.