एमाले अवरोधले राष्ट्रिय सभा स्थगित

काठमाडौं– नेकपा एमालेका सांसदको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक पनि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो । नेकपा एमालेले १४ जना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।

संसदको चालु अधिवेशन सुरु भएदेखिनै एमालेले विरोध स्वरुप प्रतिनिधि सभामा समेत नाराबाजी गरिरहेको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज ५ गते बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.