संसद विघटन रोकेर देश दुर्घटनाबाट बच्योः प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई केन्द्रमा राखेर गुटगत र व्यक्ति केन्द्रित राजनीतिबाट माथि उठ्नु पर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादु बोगटीको ७ औं स्मृति दिवसको सन्दर्भमा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो। संसद विघटन हुनबाट रोकेर आफूहरुले देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउँदै अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनलाई बचाउनु पर्नेमा जोड दिनु भयो।

माओवादी केन्द्र दुई पटक सरकारमा पुगे पनि राम्रोसँग नेतृत्व गर्न नपाएको गुनासो पनि अध्यक्ष प्रचण्डले त्यस बखत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.