२४ घण्टामा १७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– गत २४ घण्टामा थप १७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टीजेन परीक्षणमा ४२८ जना गरी १,७६० जनामा संक्रमण भएको हो ।
गत २४ घण्टामा १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना गरी उपत्यकामा ४९५ जना संक्रमित भए ।






प्रतिक्रिया राख्नुहोस्