सुडानमा ‘कू’ प्रयासको सुरक्षा परिषद् सदस्हरूद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ ।

प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलितरूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई ‘राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय’ लाई गम्भीररूपले बुझ्न र सोही अनुरूप अगाडि बढ्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “सुडानमा जनता र सैनिक पक्षले सहमति र सहकार्यका साथ संविधान र जुबा शान्ति सम्झौताको मर्म अनुरूप अगाडि बढ्न र देशको संक्रमणलाई पार लगाउन आग्रह गर्दछौं। ”

त्यसैगरी परिषद्का सदस्य राष्ट्रहरूले सुडानी जनता र देशका पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै सङ्क्रमणको यस चरणमा सुडानको सम्प्रभुता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले उक्त घटनाको मङ्गलबार निन्दा गर्नु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.