अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारवाहीः मकवानपुर जिल्ला प्रशासन कार्यालय

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरले व्यवसायीहरूले सामानको कृतिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने जनाएको छ ।

कोभिड संक्रमणका बीच नजिकिदै गरेको चाडपर्वलाई थप व्यवस्थित र सुरक्षित बनाउन चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै मकवानपुरका प्रमूख जिल्ला अधिकारी भरतमणि पाण्डेले चाडपर्बको बेला हुनसक्ने कालाबजारी नियन्त्रण गर्ने आफ्नो प्रमुख उद्येश्य रहेको बताउनुभएको छ ।

उहाँले आम सर्वसाधारणमा जनस्वास्थका मापदण्डहरुको पालना गराउँदै, सुरक्षित र भयरहित अवस्थामा चाडपर्व मनाउन र यात्रुहरुलाई सुरक्षित र सहज किसिमले गन्तव्यमा पुर्‍याउन पनि उहाँले सबैमा आग्रह गर्नुभयो ।

कोभिडको अवस्थालाइ ध्यानमा राखी यातायातका साधनमा चाप बढेपनि सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन। यात्रुहरुलाई ठगिनबाट जोगाउनको लागि हेटौडाको बसपार्क एरिया र चौकीटोल एरियामा ट्राफिक प्रहरी सहितको नागरिक कक्ष स्थापना गरिने छ ।

यसैगरी राजमार्गमा दुर्घटनाको जोखिम कम गर्न बिग्रिएका , मर्मत गर्नुपर्ने सडकलाई तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुका साथै सवारी भिड कम हुने गरि राजमार्गमा ब्यबस्थापन गरिने र जिल्ला ट्राफिक कार्यलय मकवानपुर मार्फत सचेतना मुलक कार्यक्रम संचालन गरिने बताइएको छ ।

यसैगरी चाडबाडको बेला हुनसक्ने जुवातास ,कौडा जस्ता गैरकानुनी कृयाकलापको नियन्त्रण गर्न नियमित अनुगमन गरिने पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

तिहारको समयमा भने देउसी भैलो खेल्ने समय निर्धारण गरिनुका साथै अझै पनि कोभिडको जोखिम कायम नै रहेकोले आसन्न चाडपर्बहरु सांकेतिक रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी पाण्डेले आम जिल्लाबासीमा अपिल गर्नु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.