प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्याक्रममा अनियमितता भएको समाचार बाहिरिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका लागि करिब ११ करोडका १७ हजार साइकल सार्वजनिक खरिद ऐन नियमको मापदण्ड विपरीत खरिद गरेको भन्ने विषयमा आयोगको निर्णयबाट आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो ।

संयुक्त टोलीले कागजात जफत गरेको उहाँले बताउनुभयो । ‘कागजात नियन्त्रणपछि ती कागजातहरुलाई बर्दिबासले आयोगको केन्द्रीय कार्यालय टङ्गाल पठाउँछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि तुरुन्तै अनुसन्धान शुरु हुन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.