शपथ लिएको तीन दिनमै आपूर्ति मन्त्री हमालद्वारा राजीनामा

काठमाडौं- नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ ।

हमालले आइतबार बिहान पदबाट राजीनामा गर्नुभएको हो । विभिन्न सञ्चार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि हमालले पदबाट राजीनामा गरेको बताउनु भएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,’ हमालले राजिनामा पत्रमा भन्नुभएको छ, ‘हाल विभिन्न सञ्चारमाध्यायमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेािष्त गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्ययन भएको बोध भएको छ ।

हमालले आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेकाले आफू पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएको बताउँदै आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेको उल्लेख गर्नुभएको छ ।

हमालले शुक्रबार मात्रै मन्त्री पदको शपथ लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.