साफ च्याम्पियनसीपः नेपाल उपविजेता सीमित

काठमाडौं– तेह्रौं संस्करणको साफ च्याम्पियनसीपमा नेपाल उपविजेता सीमित भएको छ ।

माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको छ । पहिलो हाफ गोलरहीत बराबरीमा रोकेको नेपालविरुद्ध दोस्रो हाफको ४८ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरे । लगत्तै ४९ औं मिनेटमा भारतकै सुरेश सिंहले अर्को गोल थपे ।

दोस्रो हाफको ९० औं मिनेटमा सहाल अब्दुलले सहजै गोल गर्दै भारतलाई ३–० को जीत दर्ज गरे ।

भारतले साफ च्याम्पियनसीपको उपाधि विजेता भएको आठौं पटक हो । पहिलोपटक फाइनलमा पुगेको नेपाल भने उपविजेतामा सीमित रह्यो ।

भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफले प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै प्रतिबन्ध लगायो भने प्रतियोगितामा दुई गोल गरेका अञ्जन विष्टले दुइटा पहेंलो कार्ड पाएका कारण फाइनल खेल खेल्न पाएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.