बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुग्दा….(फोटो फिचर)

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुदूरपश्चिमको स्थलगत भ्रमणमा पुग्नुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी साउद, बीरबहादुर बलायरसहितको टोली काठमाडौँबाट बाढी प्रभावित सुदूरपश्चिम क्षेत्रतर्फ पुगेको हो ।

प्रधानमन्त्री देउवा सहितको उच्चस्तरीय टोली काठमाडौँबाट सुर्खेत हुँदै डोटी दिपायल पुगेको छ । प्रधानमन्त्री देउवाले दिपायलमा डोटी जिल्लामा भएको क्षति तथा नोक्सानीको बिफ्रिङ लिनुभएको छ । आजै प्रधानमन्त्रीले बझाङ, बैतडीलगायतका जिल्लामा पहिरो गएको थलारा क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो ।

प्रधानमन्त्री देउवा शुक्रबारमात्रै काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.