संक्रमण दरमा दैनिक घटबढ, २४ घण्टामा ७०८ थपिए

काठमाडौं– नेपालमा कोभिड १९ को संक्रमण दरमा दैनिक घटबढ भइरहेको छ ।
दसैंमा परीक्षण कम हुँदा न्यून रहेको संक्रमण पुनः बढ्ने/घट्ने भइरहेको छ । गत २४ घण्टामा ९३७६ जनाको परीक्षण हुँदा ७०८ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ छ ।






प्रतिक्रिया राख्नुहोस्