प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिनुहुने

मोरङ- प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ ।

विराटनगरस्थित प्रदेश सभाहलमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको हो ।

विश्वासको मतमा आज ७ गते दिउँसो साढे १२ बजेदेखि छलफल र मतदान हुने गरी प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराउनु भएको थियो ।

प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.