दुई क्विन्टल १६ किलो गाँजासहित दुई जना पक्राउ

बारा- दुई क्विन्टल १६ किलो लागू औषध गाँजा लोड गरी लैजाँदै गरेको ट्रकसहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर जिल्ला मनहरी गाँउपालिका-३ का ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र ट्रकमा सवार हेटौडा उपमहानगरपालिका-१३ पदम पोखरीका ३० वर्षीय जिवन घलान रहेको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बाराको निजगढ नगरपालिकां. १० रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नं. को ट्रकलाई रोकी चेक जाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखेको अवस्थामा २१६ किलो गाँजा बरामद गरी ट्रक नियन्त्रणमा लिएको हो । तस्करहरुले मकवानपुरबाट बारा हुँदै भारतमा गाँजा बिक्री बितरण गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.