बारको बिरोध : बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा आज बहसपैरबी नगर्ने

काठमाडौँ- नेपाल बार एसोसिएसनले आज देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहसपैरबी नगर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रवेश गराई कानून व्यवसायीहरुमाथि कुटपिट गरी घाइते बनाएको विरोधमा आज देशैभर बहसपैरबी नगर्ने निर्णय लिएको बारले गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग प्रक्रिया अघि बढाउन माग गर्दै भोली राजनीतिक दलका संसदीय दलका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि बारले सार्वजनिक गरेको छ । साताभरिकै विरोध कार्यक्रम तय गरेको बारले यही मंसिरको २४ गते पोखरामा हुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन स्थगित गरिएको जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्